त्रिशूली अस्पतालले नुवाकोट, रसुवा र धादिङ जिल्लाका मृगौलाका बिरामीहरूका लागि हेमोडायलसिस सेवाहरू निःशुल्क उपलब्ध गराएर ठूलो उपलब्ध ि हासिल गरेको छ। यसले स्थानीय समुदायका लागि जीवन बचाउने उपचारमा पहुँच सुनिश्चित गरेको छ र बिरामीहरूमाथि पर्ने आर्थिक बोझ कम गरेको छ।
हेमोडायलसिस सेवाको प्रभाव
यस अस्पतालको सेवा नुवाकोट, रसुवा र धादिङका बिरामीहरूका लागि स्वास्थ्य सेवाको मेरुदण्डको रूपमा स्थापित छ। वि.सं. २०८० मा हेमोडायलसिस सेवाको स्थापनाले मृगौला फेल (ESRD) का बिरामीहरूको लागि एक महत्त्वपूर्ण आवश्यकतालाई सम्बोधन गरेको छ। यो सेवा निःशुल्क उपलब्ध गराउनुका साथै बिरामी जाँचको आवश्यक अभिलेख राख्न 'किताब (बुक) समेत निःशुल्क प्रदान गरिएकाले बिरामीहरूका लागि ठूलो राहत मिलेको छ।
सेवाको विस्तार र बिरामीको अवस्था
सुरुमा ५ वटा मेसिनबाट सुरू भएको यो सेवामा हाल २ वटा थपिएर कुल ७ वटा मेसिन पुगेका छन् । यद्यपि, एउटा मेसिन मर्मतमा रहेकाले हाल ६ वटा मेसिन सञ्चालनमा छन् ।