नेपालको संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट कानुनमा व्यवस्था भए बमोजिम आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हक अर्न्तगत राखेको छ सरकारले संविधानको भावना समेतलाई दृष्टिगत गरि निःशुल्क राष्ट्रिय स्वास्थ्य सेवा कार्यक्रम लागु गरेको छ सोही अनुसार यस त्रिशुली अस्पतालमा पनि आ.ब. २०७२/०७३ देखि नै यस सामाजिक सेवा एकाईको स्थापना भई सञ्चालनमा रहेको छ।

लक्षित समूह

* गरीब
* असाहय
* अपाङ्गता भएका व्यक्ति (परिचय पत्र बाहक)
* जेष्ठ नागरीक (परिचय पत्र बाहक)
* लैङ्गिक हिंसा
* महिला स्वास्थ्य स्वयंसेविका
* गरीब तथा विपन्न आकस्मिक बिरामी
* बाढी, पहिरो, आगलागी)
* सिमान्तकृत तथा लोपोन्मुख आदीवासी जनजाति * कुपोषित बालबालिका
* प्रहरीले ल्याएका थुनुवा बिरामी
* शहीद परिवार (परिचयपत्र बाहक)
* विपद एव प्राकृतिक प्रकोप (महामारी, भुकम्प, आदि)