जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा ९ मा जेष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा छुट तथा प्राथमिकता दिने विषय उल्लेख छ ।

संविधानमा उल्लिखित स्वास्थ्य सम्बन्धी मौलिक हकमा जेष्ठ नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था रहेको छ ।

सोहीअनुसार त्रिशुली अस्पतालमा आ.ब. २०७८/०७९ माघ देखि जेरियाट्रिक स्वास्थ्य सेवा सञ्चालनमा सञ्चालनमा आई जेष्ठ नागरिकहरूलाई सेवा उपलब्ध गराइरहेको छ।